Logo
Logo

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा


378
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्