काठमाडौं । पछिल्लो राजनीतिक संकट समाधानका लागि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।
विगतदेखि नै सर्वदलीय बैठक बहिस्कार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सभामुखले यसपटक बोलाएको बैठकमा पनि सहभागी छैन । यसअघि सभामुख र प्रधानमन्त्रीले बोलाएका तीन वटा सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।
सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार महाअभियोग दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।