काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बोकेर निर्वाचनमा जान नसकिने बताएका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा सहभागी अधिकांश सांसदहरुले यस्तो बताएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै घनश्याम भुसालले भने, ‘यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौँ । अध्यक्षले पनि सोचेर कदम चाल्छौँ भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।’ एमाले सांसदहरुले एमसीसीको विरोध गर्नुपर्ने बताए ।
आइतबार सत्तारुढ गठबन्धनका तीन दलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि एमालेले आज संसदीय दलको बैठक बोलाएको हो । एमालेले त्यसको इन्काउटरमा चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी गरेको छ ।
बैठकमा सहभागी सांसदहरुले अध्यक्ष ओलीको निर्णयअनुसार अगाडि बढ्ने सांसदहरुले बताएका छन् । तर, बैठकले अहिलेसम्म निर्णय गरेको छैन ।