Logo
Logo

महाअभियोग लोकतन्त्रमाथि हमला : एमाले


1.4k
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन सार्ने, जसरी पनि एमसीसी पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गर्ने योजनाअनुसार सत्तारुढ दलले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाएको नेकपा एमालेले निष्कर्ष निकालेको छ ।

आइतबार सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएपछि आकस्मिक रुपमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रतिकृया दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने– ‘स्थानीय तहको निर्वाचन सार्ने, जसरी पनि एमसीसी पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गर्ने योजनाअनुसार सत्तारुढ दलले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । सत्तारुढ दल न्यायालय गिजोल्ने प्रयत्न गरिरहेको छ । यो लोकतन्त्रको लागि खतरा हो ।’

भट्टराईले बजारमा हल्ला चलेजस्तो महाअभियोगको काउन्टरमा न्यायाधीशहरुमाथि महाअभियोग लगाउने एमालेको कुनै योजना नरहेकोसमेत स्पष्ट पारेका छन् । सरकारले गरिरहेका समग्र गतिविधिको जवाफ दिन शीर्ष नेतृत्व तहमा छलफल गरेरमात्र अघि बढ्ने बैठकले निष्कर्ष निकालेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्