काठमाडौँ । चार देशीय टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालसामु आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको छ ।
ओमानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा १२७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।
पहिलो ओभरदेखि नै विकेट लिन थालेको नेपालले लगातार आयरल्यान्डका ब्याटरमाथि दबाब बनाएको थियो ।
नेपालका अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए । यससँगै सन्दीप टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बनेका छन् ।