Logo
Logo

प्रधानन्यायाधीश बहिर्गमनको माग गर्दै नेपालबारद्वारा विरोध प्रदर्शन


441
Shares

काठमाडौं । न्यायलयको शुद्धिकरण र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै नेपालबार एसोसियसनले मंगलबार पनि विरोध प्रदर्शन गरेको छ ।

यसअघि सर्वोच्च परिसरमा विरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादीत प्रधानन्यायधिश राजीनामा देउ भन्दै कालोपट्टीसहित विरोध गरिएको बारले जनाएको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभामा महाभियोगमाथिको प्रस्तावमाथि छिटो छलफल हुनुपर्ने र उचित निस्कने विश्वास गरेको बताए । न्यायपालीकाको पहरेदारको भूमिका बारले निभाएको भन्दै उनले आागमी दिनमा पनि न्यायलयको सुद्धिकरणका लागि निरन्तर कार्यक्रम गर्ने बताए ।

उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्