काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । मन्त्री खतिवडाले एक टिभी कार्यक्रममा झुट बोलेको भन्दै एमालेले राजीनामा मागेको हो ।
पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा खतिवडाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएको बेला आफूले काभिडविरुद्धको खोप पाँच हजार किनर लगाएको अभिव्यक्ति दिएको उल्लेख छ ।
उक्त अभिव्यक्ति झुटो र अफवाहपूर्ण भएको भट्टराईले बताएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण छ ।’