काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला स्थगित भएको छ । मंगलबार काठमाडौंमा बसेको संगठनको सचिवालय बैठकले भेला स्थगित गर्ने निर्णय गरेको हो ।
‘जिल्ला प्रशासन कार्यालयबाट जारी स्वास्थ्य मापदण्डभित्र नपरेको भनी अनुमति प्राप्त हुन नसकेकाले २०७८ फागुन ७ गते काठमाडौँमा तय भएको भेला स्थगित गर्ने निर्णय गरियो’ बैठकपछि महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेला स्थगित गर्ने निर्णय गरेको संगठनले आगामी चैत १२ गते शनिबारका दिन संगठनको विस्तारित बैठक राख्ने निर्णय गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठक सहभागी हुने विज्ञप्तिमा उल्लेख छ ।