काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का कारण राजनीति पेचिलो मोडमा पुगेको बेला आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यो बैठकलाई महत्वका साथ हेरिएको छ । कार्यव्यवस्था समितिको बैठकले एमसीसी टेबुल गर्ने विषय कार्यसूचीमा राखे आज नै संसदमा अनुमोदनका लागि पेश हुने छ ।
सरकारको तयारी
सरकारको तयारीअनुसार आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुने देखिन्छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको मंगलबार सम्पन्न संसदीय दल र कार्यसम्पादन समितिले टेबुल गरेर पारित गर्नुपर्ने निर्णय गरिसकेको छ । त्यसैले आजकै बैठकमा एमसीसी पेश हुने निश्चित भएको छ ।
तर, संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन ।