काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।
बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विरुद्धमा जाने निर्णय गरेको हो । यसअघि नै माओवादीले आफ्नो जनवर्गीय संगठनहलाई एमसीसीको विरोधमा सडकमा उत्रँन निर्देशन दिइसकेको थियो ।
आज दिउँसा १ बजे संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो । एमसीसी टबुल गनर्अु नदिन सडकबाट दवाव सिर्जनाका लागि माओवादी केन्द्रकाे जनवर्गीय संगठनलगायत विभिन्न दलले प्रतिनिधिसभा भवन अगाडि प्रदर्शन गर्ने भएका छन् ।