Logo
Logo

प्रचण्डले प्रधानमन्त्रीलाई भने- ‘एमसीसी पेस गर्ने भए सरकार छोड्छौं’


4.3k
Shares

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहीबार ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको छलफलमा भोली गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्डको सचिवालयले भन्यो–‘ भर्खरै प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भएको छलफलबाट भोलि ३ बजे दिउँसो गठबन्धनका शिर्ष नेताहरूको बैठक वालुवाटारमा बस्ने सहमति भएको छ ।’

सचिवालयका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई जबरजस्ती एमसीसी सदनमा पेस गरिए सरकार छोड्ने पार्टीले निर्णय गरेको जानकारी गराएका छन् । प्रचण्डले पार्टीको निर्णय सुनाएपछि प्रधानमन्त्री देउवाले एमसीसी अहिले पेस नगरौं भोली छलफल गरेर एमसीसीबारे थप निर्णय गरेर अघि बढौं ।

प्रधानमन्त्री र प्रचण्डबीचको छलफलपछि आजै संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने सरकारको तयारी रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्