Logo
Logo

नसच्चाइकन एमसीसी पास गर्न सकिँदैन : नेता खनाल


441
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नभएसम्म एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ ।’

उनले राष्ट्रियहित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने बताए । नेता खनालले भने, ‘यो सम्झौताभित्र गम्भीर र राष्ट्रियहित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्