Logo
Logo

एमसीसी टेबल नभएपछि कांग्रेस सांसदहरुले भने, ‘प्रचण्डबाट धोका भयो’


8.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको बताएका छन् । बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि उनीहरुले प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस सांसदहरुले प्रचण्डलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याउन सघाएर अहिले एमसिसी पारित गर्नबाट भागेको एक आरोप लगाइ । एक सांसदले भने, ‘उहाँले एमसीसी पारित गराउने वचन दिएर भाग्नुभयो ।’
प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसीसी पारित गर्ने सहमति भएको थियो ।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसीसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन । आज एमसीसी टेवल हुन नसकेपछि भोलि ३ बजे गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्