काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्बाट पारित गर्न लागिएको भन्दै संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारी र प्रहरी आमने–सामने हुँदा नयाँ बानेश्वर क्षेत्र बुधबार रणमैदानजस्तै बन्यो ।
बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरवितर पार्दै प्रदर्शनमा उत्रेका १३७ जना पक्राउ परेका छन् ।
सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु समेत सहभागी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो ।