Logo
Logo

बलात्कार आरोपमा एमाले सांसद मोहन वानियाँविरूद्ध पक्राउ पुर्जी


4.4k
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जाी जारी गर्न आदेश दिएको हो ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।

सांसद वानियाँलाई पक्राउ गर्नका लागि खोजिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मुधुसन न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्