काठमाडौं । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने भएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने प्रस्ट्याएको हो ।
१८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयको सूचनामा उल्लेख छ । पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ ।
यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रुपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।