काठमाडौं । बसको ठक्करबाट काठमाडौंको बालाजुमा दुई जना पैदल यात्रुको मृत्यु भएको छ । बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माका अनुसार मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०(५५ वर्षीया महिला रहेको छ ।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको एसपी शर्माको भनाई छ ।
बसको नम्बर खुल्न सकेको छैन । यद्यपी दुई तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।