काठमाडौं । नेकपा (एमाले)ले पार्टीको विभिन्न विभागमा सदस्य थप गरेको छ । माघ १९ गते बसेको केन्द्रीय सचिवालयको तेस्रो बैठकले स्थानीय तह विभाग, पार्टी स्कुल विभाग, प्रचार तथा प्रकाशन विभाग र उद्योग विभागमा सदस्य थप गरेको हो ।
स्थानीय तह विभागमा हालको ६ सदस्य भएकोमा प्रेम गिरी, हरी उप्रेती, कृष्णबहादुर डल्लाकोटी, शिवसुन्दर राजभण्डारी, बासुवेद घिमिरे, विकिरण गौतम, खगेन्द्र कार्की, कृष्णप्रसाद जौशी र पार्वतना तिवारीलाई सदस्य थप गरेको हो ।
यस्तै पार्टी स्कुल विभागमा घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, टीका ढकाल, रामशरण प्याकुरेल, ईन्दिरा पन्त र बाई.पी आचार्यलाई सदस्य थप गरेको छ ।
त्यसैगरी प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, चेतन अधिकारी, रोशन खड्का, महेश दास र टिका बिष्टलाई सदस्य थप गरिएको एमालेद्वारा जारी अन्तरपार्टी निर्देशिका-२ मा उल्लेख छ ।
त्यस्तै एमालेले उद्योग विभागमा प्रमुख र उपप्रमुखका अतिरिक्त पाल्देन छोपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डिबी बस्नेत, मदनलाल अग्रवाल मित्तल, शोभा गुरुङ, लता प्याकुरेल र बाबुराम रानाभाटलाई सदस्य थप गरेको छ ।
एमालेले संगठन विभाग, ६ सदस्यीय स्थानीय तह विभाग र ३ सदस्यीय आर्थिक विभाग गठन गरिसकेको छ ।
बैठकले प्रदेश अधिवेशन, पार्टी नियमावली, जनसंगठनका अधिवेशन र जनसंगठन समन्वयसम्बन्धी निर्देशिका, स्थानीय तहको निर्वाचनको सन्दर्भमा निर्णय गरिएको थियो ।
त्यस्तै स्थानीय तहको निर्वाचन र प्रशिक्षण, विभाग सञ्चालन र गठनसम्बन्धी विषय, संगठन विभागको सदस्यता अद्यावधिक गर्ने लगायतका निर्णय गरेको थियो ।