काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मेगास्टरा राजेशपायल राई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट खुमलटार पुगेका छन् ।
हालैमात्र एक अन्र्तवार्तामा प्रचण्डको तारिफ गरेका राजेशपायलले बिहीबार निवासमै भेट्न पुगेका हुन् । ‘राई इज किङ’का रुपमा समेत चर्चित राजेशपायलले केही समयअघि एक अन्तर्वातामा ‘नेता भनेको प्रचण्डजस्तो हुनुपर्छ’ भनेका थिए ।
राजेशपायल खुमलटार पुगेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले उल्लेख गरेकी छन् । उनले गायक राजेशपायल राई, चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाललगायतका कलाकारले अध्यक्ष प्रचण्डलाई भेटेको उल्लेख गरेकी छन् ।
स्वकीय सचिव दाहालका अनुसार अध्यक्ष प्रचण्डले ती कलाकारसँग एक्लाएक्लै भेट गरेका थिए । कलाकारहरु एकैसाथ प्रचण्ड भेट्न खुमलटार पुगेपछि धेरैलाई शंकासमेत गरे । कतै उनीहरु ‘पार्टी प्रवेश गर्नलाई त होइन ?’ तर, उनीहरु पार्टी प्रवेश गर्ने मनशायले नभएर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेको बताइएको छ ।
अभिनेता समेत रहेका क्षेत्रीले आफूहरु पार्टी प्रवेश गर्नका लागि नभएर सीता दाहालको अवस्था बुझ्न खुमलटार पुगेको बताएका छन् । प्रचण्डसँगको भेटमा कलाकारले खुलेर आफ्नो कुराहरु राखेको स्वकीय सचिव दाहालले बताएकी छन् ।