Logo
Logo

प्रचण्ड र माधव नेपाल छुट्टै छलफल


3.8k
Shares

काठमाडौं । सत्ता साझेदार तीन दलका नेताहरू छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छलफलमा छन् ।

उनीहरूबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल जारी छ । उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसीसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने बताइएको छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदमा टेबल गर्न पनि नदिने पक्षमा छन् । तर जसपा भने विभाजित छ ।

सत्ता गठबन्धनको बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्