Logo
Logo

प्रचण्डले राजेशपायल राईसँग माफी मागे


216.3k
Shares

काठमाडौं । केही समय अगाडि एक अन्तवार्तामा लोकप्रिय गायक राजेशपालय राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुलेरै प्रशंसा गरेका थिए ।

राजेशपायलको प्रशंसा सुनेपछि प्रचण्डले भेट्न बोलाए । तर, राजेशपायल केही दिन व्यस्त भएका कारण जान पाएनन् । फुर्सद मिलेपछि बिहीबार राजेशपायल प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्ड र राजेशपायल भेटको तस्बिर क्षणभरमै भाइरल भयो । त्यसपछि धेरैले अनुमान गरे– राजेशपायल माओवादी प्रवेश गर्न लागे !

केही दिन अगाडि प्रचण्डको प्रशंसा गरेका राजेशपायल प्रचण्ड निवास पुगेपछि स्वभाविक माओवादी प्रवेश गर्न लागेको अनुमान हुन्छ । तर, प्रचण्ड–राजेश भेटमा पार्टी प्रवेशको कुरा भएन । गीत संगीतकै कुरा चल्यो । नयाँ–पुराना घटना कोट्याउने काम भयो ।

भेटका क्रममा राजेशपालयलले पुरानो प्रसंग कोट्याए । सोधे– तपाईंहरुले मेरो घर किन जलाउनु भएको ? प्रचण्डले जवाफ दिए– ठूलो राजनीतिक क्रान्तिको क्रममा छिटफुट घटना भएका छन् । त्यसका लागि माफी चाहन्छु ।

त्यसपछि राजेशपायलले भने– त्यो कुरा त ठिकै हो । तर, राजनीतिक नेतृत्व चाहिँ तपाई नै हो । राजेशपायलले पुनः प्रचण्डको प्रशंसा गरे । त्यसपछि उनीहरु छुटे ।

जनयुद्धको अत्यतिर २०६२ सालमा माओवादीले राजेशपायल राईको खोटाङस्थित बुइपाको घर जलाएको थियो । सोही घटनाबारे राजेशले प्रचण्डसँग प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्