Logo
Logo

नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


1.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । सांसदमा एमसीसी टेबुल गर्ने षड्यन्त्र भएको भन्दै संघले शुक्रबार विरोध प्रदर्शन गर्न लागेको हो ।

संघका सचिव तथा गैरभौगोलिक प्रदेश अध्यक्ष सुशील भट्टराईले एमसीसीविरुद्ध देश व्यापी आन्दोलन गरिरहेको बताए । एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताए ।

उनले एमसीसी नेपालको कानुन र संविधानभन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफूहरु चुप लागेर बस्न नसक्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले बताए ।

सरकारले पटकपटक एमसीसी संसदमा पेस गर्ने तयारी गरेको हुँदा युवा संघ नेपालले आन्दोलनको घोषणा गरेको सचिव नरेश गिरिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्