काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एआइजीको तीन दरबन्दी थप्ने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार गृह मन्त्रालयको प्रस्तावअनुसार दरबन्दी थप्ने निर्णय भएको हो ।
तीन दरबन्दीमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् । महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचबाट घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, प्रकाश अधिकारी, गणेश ऐर, पुरुषोत्तम कँडेल, मुकुन्द आचार्य लगायत छन् ।
नयाँ ब्याचबाट धिरजप्रताप सिंह, रबिन्द्र धानुक, बसन्त लामा, उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी पनि दौडधुपमा लागेका छन् । धिरज, उत्तम र रबिन्द्र राजनीतिक लबिङमा बलिया छन् ।