काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको तीन दरबन्दी थप्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा पठाएको डेढ महिनापछि मन्त्रिपरिषद्ले तीन दरबन्दी थप्ने निर्णय गरेको हो । हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी छ । अब एआईजीको दरबन्दी ८ पुग्ने भएको छ ।
प्रहरीमा एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । हाल नेपाल प्रहरीमा जनपदतर्फ २० डीआईजी छन् । २० मध्ये १३ हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अरू सात आईजीपी क्षेत्रीकै वैकल्पिक हुन् । २० जना नै एआईजीका दाबेदार हुन् ।