Logo
Logo

मेगास्टार राजेशपायलले प्रचण्डसँग भने- ‘खुवालुङ किरातीको आस्था हो, जसलाई जोगाइदिनुस्’


257.9k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार एवं चर्चित गायक राजेशपायल राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका छन् ।

बिहीबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेपछि राजेशपायलले भने, ‘अध्यक्षसँग धेरै कुरा भयो ।’ उनले नेपाली गीतसंगीतको अवस्था, खुवालुङ र २०६२ सालमा माओवादीले खोटाङ बुइँपास्थित आफ्नो घर जलाएको बारे कुराकानी भएको बताए ।

राई इज किङका रुपमासमेत चर्चित राजेशपायलले भने, ‘अध्यक्षज्यूसँग खुवालुङको विषयमा कुरा भयो । मैले उहाँलाई खुवालुङ हाम्रो लागि पानीजहाजभन्दा ठूलो हो । खुवालुङ हामी किरातीहरुको आस्था हो, त्यसैले नफुटाउनुस् भने ।’ आफ्नो कुरा सुनेर अध्यक्ष प्रचण्ड सकरात्मक जवाफ दिएको उनले बताए ।

सप्तकोसी नदीको बीचमा एउटा ठूलो ढुंगा छ । जसलाई किरात समुदायले खुवालुङ भन्ने गरेका छन् । सप्तकोशीको त्रिवेणीमा रहेको खुवालुङ किरात समुदायले आस्थासँग जोडिएको छ । किरात समुदायको आस्था खुवालुङलाई तत्कालीन केपी ओली त्यसबेला विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने कुरा गरेका थिए । त्यसपछि खुवालुङ चर्चासँगै विवादमा आएको हो । किरात समुदायले आफूहरु आस्थालाई फुटाउनबाट जोगाउन आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्