काठमाडौं । एमसीसी अनुमोदानका लागि संसदमा पेस गर्ने या नगर्ने भन्ने विषयमा छिनोफानो गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र गठबन्धनमा आवद्ध दलका अन्य नेताबीच छलफल जारी छ ।
एमसीसीलाई के गर्ने भन्ने सवालमा आजको बैठकलाई निर्णायक मानिएको छ । किनकी, प्रधानमन्त्री देउवा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनुमोदानका लागि एमसीसी बेस गर्ने पक्षमा रहेका छन् भने अन्य दल त्यसको विपक्षमा रहेको छन् ।
आजको बैठकको निर्णयमा वर्तमान सत्ता गठबन्धनको निरन्तरता पनि टुंगो लाग्ने अवस्था बनेको छ । प्रधानमन्त्री जसरी पनि एमसीसी टेबुल गर्ने पक्षमा पुगे माओवादी र एकीकृत समाजवादी सरकारमा नरहने पक्षमा पुगेका छन् । यस्तो अवस्थमा गठबन्धन कायम रहन सक्दैन । तर, एमसीसीबारे निर्वाचनछि मात्र निर्णय गर्ने आजको बैठकले निर्णय गरे सत्तारुढ गठबन्धन जोगिने छ ।