Logo
Logo

नक्कली प्रमाणपत्र मुद्दामा हरि खड्का दोषी ठहर


1.9k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरी बढुवा प्रयोजनका लागि उनले पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

खड्काले नेपाल प्रहरीको जागिर खान नक्कली शैशिक योग्यता देखाएर सरकरालाई हानिनोक्सानी पुर्‍याई आफूलाई लाभ हुने बदनियत राखेको अख्तियारको दावी थियो । खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दावी थियो ।

खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्