Logo
Logo

युक्रेनी सेनाले आक्रमण गरेको रुस समर्थित विद्रोहीको आरोप


1.1k
Shares

काठमाडौं । युक्रेनका रुस समर्थक विद्रोहीले सरकारी सेनाले बिहीबार आफ्नो क्षेत्रमा चारपल्ट आक्रमण गरेको बताएका छन् । उनीहरुले अहिले यो आक्रमणमा कसैको मृत्यु भएको वा घाइते भएको विषयमा जानकारी लिने प्रयासमा रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म यो आक्रमण कति गम्भीर प्रकृतिको थियो भन्ने खुलेको छैन । युक्रेनको सेनाले भने आक्रमणको आरोप खण्डन गरेको छ । त्यसको ठीक उल्टो विद्रोहीले नै सेनामाथि आक्रमण गरेको उसको भनाइ छ।

पछिल्लो ८ वर्षमा यस किसिमका धेरै आक्रमणहरु भएका छन् तर अहिलेको आक्रमण भने रुससँगै युक्रेनको तनाव बढिरहेको अवस्थामा भएको हो । अहिले रुसले युक्रेनको सीमामा करिब एक लाख सैनिक खटाएको छ ।

पश्चिमा मुलुकले रुसले युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको अरोप लगाएका छन् भने रुसले आक्रमणको योजना नरहेको तर युक्रेनसँगको तनाव कम गर्न अमेरिकाले युक्रेनलाई नेटोको सदस्य बन्ने बाटो रोक्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्