काठमाडौं । चुनावको मुखमा गृह मन्त्रालयले धमाधम सिडिओ सरुवा गर्न थालेको छ । बिहीबार पाँच जिल्लाका सिडिओको सरुवा गरिएको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।
धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटका सहसचिव नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रुपमा पठाइएको छ । कतिय सिडिओलाई ८ महिनामै समेत सरुवा गरिएको छ ।