Logo
Logo

प्रतिनिधिसभाको सम्भावित कार्यसूची : प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने


8.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा पेस गर्न तीब्र तयारीमा लागेका छन् । तर, भोली (शुक्रबार) पेस हुने या नहुने भन्ने टुंगो लागेको छैन ।

यसैबीच, संघीय संसद सचिवालले भोली बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । उक्त कार्यसूचीमा भने एमसीसी अनुमोदानका लागि पेस गर्नेबारे उल्लेख छैन ।

सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री देउवाले भोलीको बैठकमा ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्नेछन् ।

प्रतिनिधिसभाको बैठक अगाडि बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकमा एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति जुटे भोली बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी अनुमोदनका लागि पेस गर्ने कार्यसूची तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्