काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बैठक फागुन ८ र ९ गतेलाई बोलाइएको आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।
माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको हो ।
उनले २०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।