Logo
Logo

चीनले भन्यो- अमेरिकाले नेपालमाथि दिएको ‘धम्की कूटनीति’को प्रतिरोध गर्छौं


1.4k
Shares

काठमाडौं । चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ ।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत अमेरिकाले नेपाललाई ‘धम्की कूटनीति’ सुरु गरेको आरोप लागएको हो ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ् वन पिनले अमेरिकाका दाबबमुलक कूटनीतिकको चीनले खुलेर विरोध गर्ने बताए । उनले भने, ‘अमेरिकाले नपालसँगको सहकार्यको नाममा धम्की कूटनीति सुरु गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे गरेको प्रश्नमा पिनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालको अर्थतन्त्रका विकासका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न सक्ने तर कुनै राजनीतिक सर्त घुसाउनु नहुने बताए । उनले भने, ‘नेपाल आफ्नो विकासको साझेदार मुलुक हो, नेपाली जनताको चाहनाअनुसार चीनल निरन्तर सहयोग गर्नेछ ।’

उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनका समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्