काठमाडौं । दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकुरमा तारले जेलिएको शंकास्पद वस्तु भेटिएको छ ।
लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २ समय मिटरको दक्षिणतर्फ सडक छेउमा तारले जोडेर राखिएको शंकास्पद प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।
‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लले बताए ।
शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेको भनाई छ । अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ ।