काठमाडौं । सरकारले आज संसदमा एमसीसी पेस गर्ने भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।
एमसीसीको विरोधमा विभिन्न ६ कम्युनिष्ट गठकलगायत नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पनि सडकमा उत्रिएका छन् । प्रदर्शकारीले प्रहरीले सडकमा लगाएको बार हटाएर अघि बढेका छन् । त्यसक्रम प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । आइतबार बसेको सत्ता गठबन्धन बैठकबीच एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो ।