काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज प्रतिनिधिसभा बैठकमा टेबल हुने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा एमसिसी टेबल गर्दैछन् ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने कार्यसूची बनाइएपनि बैठकमा अनुपस्थित हुने भएकाले उनको ठाउँमा कार्कीले एमसिसी टेबल गर्न लागेका हुन् । अर्थमन्त्री शर्माका सहयोगी नवीन शर्माका अनुसार शर्मा बिरामी भएकाले बैठकमा उपस्थित हुने छैनन् ।
आजको कार्यव्यवस्था परामर्श समितिमा माओवादीका सांसदहरूले एमसिसी संसदमा टेबल गर्ने विषयमा आफ्नो लिखित असहमति राखेका थिए । संसदमा एमसीसी सम्झौता टेबल गर्दा सञ्चार मन्त्री कार्कीले एमसीसीबारे संक्षेपमा केही धारणा राख्नेछन् भने प्रस्ताव लिएर महासचिवको टेबलमा राखिदिने छन् ।