Logo
Logo

एमसीसी टेबल नगर्न सभामुखलाई देव गुरुङको आग्रह


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रियहित विपरीतका विषय भएको र संसद अवरोध रहेकाले आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताए ।

एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्