काठमाडौं । सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी अनुमोदनका लागि संसदमा पेस गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सञ्चारमन्त्री कार्कीले एमसीसी पेस गरिरहँदा विपक्षमा रहेका सांसदहरुको नाराबाजी गरेका थिए ।
संसदमा एमसीसी पेस गरेपछि सञ्चारमन्त्री कार्कीले एमसीसीको संक्षिप्त ब्याख्या गर्दै सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने बताए ।
एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने उनको भनाइ थियो ।