काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित हुने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग अब पारित हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘पेस भयो, अब पास हुन्छ ।’
प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।