काठमाडौं । सरकारीले एमसीसी अनुमोदनका लागि संसदमा पेस गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।
लामो समयदेखि एमसीसी अनुमोदन गर्नुपर्ने माग गर्दै आएको एमाले अनुमोदनका लागि आवश्यक मत पुर्याउनेबारे तयारी गर्न आन्तरिक छलफलमा जुटेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।
विभिन्न माग गर्दै आएको एमालेले संसद अवरोध कायमै राखेको छ । एमालेको अवरोधबिच आइतबार सरकारले संसदमा एमसीसी पेस गरेको हो । त्यसैले पनि अब के गर्ने भन्नेबारे एमाले अन्योलमा परेको छ ।
एमसीसी अनुमोदनका लागि सदन चल्नुपर्ने हुन्छ । सदन अवरोध हटाउने वा नहटाउने भन्ने एमालेमा अन्योल छ ।