Logo
Logo

हाम्रो पार्टी एमसीसीको विपक्षमा छ : प्रचण्ड


4.2k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एमसीसीको विपक्षमा रहेको प्रष्ट पारेका छन् ।

सरकारले आइतबार एमसीसी अनुमोदनका लागि संसदमा पेस गरेपछि अध्यक्ष प्रचण्डले फेसबुकमार्फत आफ्नो पार्टी एमसीसीको विपक्षमा रहेको दोहोर्याएका हुन् ।

विवाद र बिरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने मत पहिले नै स्पष्ट पारिसकेको छ, प्रचण्डले भनेका छन् ।

अध्यक्ष प्रचण्डले एमसीसीविरुद्ध संघर्षमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको विरोध गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

एमसीसीको विपक्षमा रहेको भन्दै प्रचण्डले धारणा सार्वजनिक गरे पनि एमसीसी सदनमा पेस गर्ने सवालमा माओवादी पनि सहमत थियो । बिहान सम्पन्न सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी सदनमा पेस गर्ने सहमति भएको थियो ।

एमसीसी सदनमा पेस गर्न माओवादी सहमत भए पनि पारित गर्ने सवालमा विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्