Logo
Logo

हाम्रो अस्पतालमा एनएमबिका ग्राहकलाई छुट


252
Shares

काठमाडौं । एनएमबि बैंकले विराटनगरको हाम्रो अस्पतालमा उपचारका लागि जाने आफ्ना ग्राहक तथा कर्मचारीले छुट पाउने सम्झौता गरेको छ । बैंकका प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनीलच्रन्द्र अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न किसिमका चिकित्सकीय सेवाहरूमा विशेष छुट तथा सहुलियत दिने बैंकले जनाएको छ । अस्पतालले बैंकका एटिएम तथा अन्य भिसा कार्डहोल्डर ग्राहक तथा कर्मचारीलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरू र शल्यक्रियामा छुट उपलब्ध गराउने जनाइएको छ ।

बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३९ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्