Logo
Logo

सिद्धार्थ बैंकका ग्राहकलाई कलाक्र्स रिसोर्टमा छुट


0
Shares

काठमाडौँ । वीरगन्जको गण्डकमा रहेको कलाक्र्स रिसोर्टमा सिद्धार्थ बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका वीरगन्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने र रिसोर्टका महाप्रबन्धक राजेश रञ्जनले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकका ग्राहकले कलाक्र्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटेल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्म र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्