काठमाडौं । युक्रेनमा रुसी आक्रमण सुरु भइसकेको बेलायतले दाबी गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री सजिद जावेदले रुसले युक्रनमाथि आक्रमण सुरु गरिसकेको बताउँदै रुसमाथि प्रतिबन्ध लगाउनु पर्ने माग गरेका हुन् ।
सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन ‘कोब्रा’ बैठकपछि जावेदले स्काई न्यूजसँग भने, ‘युक्रेनमा आक्रमण सुरु भइसक्यो ।’
उनले रुसले युक्रेनमा आफ्ना ट्याङ्क पठाएको दाबी गरेका छन् । टेन डाउनिङ स्ट्रीटमा भएको सो बैठकमा प्रधानमन्त्री बोरिस जोनसनले वरिष्ठ सुरक्षा अधिकारीहरू, विदेशमन्त्री, रक्षामन्त्री लगायतसँग रुसी कदमको समीक्षा गरेका थिए ।
अमेरिकाले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा कुनै हालतमा आक्रमण गर्ने मनस्थितिमा रहेको दावी गर्दै आएको थियो । रुसी राष्ट्रपति पुटिनले भने आक्रमण गर्ने दावी अस्वीकार गर्दै आएका छन् ।