काठमाडौं । नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई काठमाडौं बिएण्डबी अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार यसबारे सम्झौता भएको हो ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रा.डा. अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।