शम्भु श्रेष्ठ
नेकपाका अध्यक्ष अर्थात् अर्का पाइलट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँदिल्ली भ्रमणको पूर्वसन्ध्यामा सत्ता बाँडफाटको कुरा उठाउन हुँदैन थियो भनेर धेरैले भनेका छन् । प्रचण्ड स्वयंले पनि उनले यो कुरा पहिलोपटक उठाएको नभएर सहमतिमै भएको कुरालाई दोहो¥याएको बताएका छन् । प्रचण्डका अनुसार दुई पार्टी एक हुँदा सरकारको नेतृत्व दुवै अध्यक्षले आलोपालो गर्ने भन्ने सहमति भएको थियो । यस अर्थमा पनि ओलीको कार्यकाल अबको एक÷डेढ वर्ष मात्र हो । यस अवधिमा नेकपाको एकता अधिवेशन समेत गर्नुपर्ने हुन्छ । नेकपाभित्र नेताहरुको रस्साकस्सी हेर्दा महाधिवेशनको तयारी सुरु भएजस्तो लाग्न थालेको छ । पार्टी एकता गर्दा ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति मात्र भएको हो कि नेतृत्व हस्तान्तरणको सहमति पनि भएको हो भनेर नेताहरुले कोट्याउन थालेका छन् । यदि यो दुवै विषयमा सहमति भएको हो भने एउटाले सरकारको नेतृत्व, अर्कोले पार्टीको नेतृत्व गर्दा ‘वीन वीन’ हुने विश्लेषण पनि केही नेकपाका नेताहरुले गरिरहेका छन् ।
यस्तो बेला ‘ककपिट’मा बसेका जहाजका दुई पाइलटबीच विवाद हुनु भनेको जहाजले ‘सेफल्याण्डिङ’ नगर्नु हो । त्यसको संकेत प्रचण्डले पटक–पटक दिइसकेका छन् । त्यो कुरालाई बेलैमा ख्याल गरिएन भने अर्को घटना निम्तिन सक्न । एकताले पार्टी विशाल भए पनि चिन्तनको घेरा साँघुरो हुँदा एउटा अध्यक्ष अर्को अध्यक्षदेखि तर्सनुपर्ने स्थिति नेकपाभित्र विद्यमान बन्दै गएको छ ।
यही कुरालाई संकेत गरेर ईश्वर पोखरेलले जो अध्यक्ष उही प्रधानमन्त्री भन्ने सिद्धान्त प्रतिपादन गरेका छन् । उनको यो भनाइले ओली र प्रचण्डबीच जे जस्तो सहमति भए पनि पाँचै वर्ष अध्यक्ष र प्रधानमन्त्री पद ओलीले छोड्नु हुन्न भन्ने नै हो । त्यसका लागि सिद्धान्तको कुरा पनि पोखरेलले उठाएका छन् । त्यो हो ‘जनताको बहुदलीय जनवाद ।’ पार्टी एकता गर्दा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्र भनिएको छ । त्यसभन्दा बाहेक एक्काइसौं शताब्दीको जनवाद र जबजको विषयमा महाधिवेशनले फैसला गर्ने भनिएको छ । महाधिवेशनले फैसला गर्ने भन्ने विषयलाई पार्टीको जिम्मेवार नेताले यतिबेला उछालेपछि प्रचण्डले आफूलाई असुरक्षित ठानेका छन् । भलै पोखरेलले यो मुद्दा् आफूले उठाएको भए पनि प्रचण्डको बुझाइमा ओलीले पोखरेललाई प्रयोग गरेको भन्ने नै छ । त्यसैले प्रचण्डले पनि एउटा कार्यक्रममा बोल्दै नयाँ ढंगबाट कम्युनिष्ट आन्दोलन अगाडि बढेकोले पुरानो विचार बोक्नुपर्ने बाध्यता छैन भनेका छन् । पार्टी एकता गर्दा ‘समाजवाद उन्मुख जनताको जनवाद’ भनिएकोले जबज र २१ औँ शताब्दीको जनवादबारे विवाद गर्नु उचित हुन्न भनेर प्रचण्डले भन्दै आएका छन् ।
राजनीति भन्ने कुरा सधैँ सरल रेखाबाट अगाडि बढ्छ भन्ने होइन । राजनीति कहिलेकाहीँ बक्ररेखाबाट पनि हिँड्छ । नेकपाको एकीकरणलाई सरल बाटोबाट गन्तव्यमा पु¥याउने कि बक्ररेखाबाट भन्ने कुरा अध्यक्षद्वयको काँधमा जिम्मेवारी छ । पार्टी एकीकरण भयो । दुईतिहाइको सरकार छ । पाँच वर्षसम्म मैले नै ढुक्कसँग पार्टी र सरकार चलाउँछु भन्ने अवस्था अहिले देखिँदैन । किनभने प्रचण्डले बारम्बार आफूले जोगी बन्न राजनीति नगरेको र त्यस्तै परिस्थिति आए फेरि जंगल पस्छु भनेर बोलेको शब्द उनको मनको तरंग हो । यसलाई कमजोरी ठानियो भने दुईतिहाइको बहुमतले मात्र कम्युनिष्ट आन्दोलन सफलताको शिखरमा पुग्न सक्दैन । कम्युनिष्ट आन्दोलनलाई सफल बनाउने हो भने, नेताहरुबीच विश्वासको वातावरण बन्नुपर्छ । नेताहरुको चरित्र, व्यवहार र संस्कार कम्युनिष्टमैत्री हुनुपर्छ । विगतमा कम्युनिष्ट नेताहरुको राष्ट्रवादी अडान, किसान, मजदुर गरिब परिवारमाथिको व्यवहार र सादा जीवन शैलीकै कारण नेपाली जनताले कम्युनिष्टलाई पत्याएका हुन् । जुन आज आकाश जमिनको फरक छ । हिजो कम्युनिष्ट पार्टी भन्नासाथ फलामे अनुशासन थियो । आज कार्यकर्ता बेसबाट कम्युनिष्ट पार्टी ‘मासबेस’मा प्रवेश गरेको छ । कम्युनिष्टको ‘क’ नबुझ्ने पनि आज संगठित सदस्य बनेका छन् । तिनीहरुलाई कम्युनिष्ट संस्कार सिकाउँदै दुईतिहाइको बहुमत देश र जनताको हितमा लगाउनुपर्ने दायित्व पनि नेकपामा छ । यस्तो बेला ‘ककपिट’मा बसेका जहाजका दुई पाइलटबीच विवाद हुनु भनेको जहाजले ‘सेफल्याण्डिङ’ नगर्नु हो । त्यसको संकेत प्रचण्डले पटक–पटक दिइसकेका छन् । त्यो कुरालाई बेलैमा ख्याल गरिएन भने अर्को घटना निम्तिन सक्न । एकताले पार्टी विशाल भए पनि चिन्तनको घेरा साँघुरो हुँदा एउटा अध्यक्ष अर्को अध्यक्षदेखि तर्सनुपर्ने स्थिति नेकपाभित्र विद्यमान बन्दै गएको छ ।