Logo
Logo

रुसी आक्रमणमा १३७ जना युक्रेनी नागरिकको मृत्यु


1.1k
Shares

काठमाडौं । रुसी सेनाले युक्रेनमा गरेको आक्रमणबाट १३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन् ।

बीबीसीका अनुसार आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका छन् । रुसी सेनाले युक्रेनमा उत्तर, पूर्व र दक्षिणी क्षेत्रबाट पूर्ण शक्तिकासाथ आक्रमण गरेको थियो ।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

युक्रेनी राजधानी किभ र त्यस वरपरका क्षेत्रबाट करिब एक लाख मानिसहरु बाहिरिने प्रयास गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेन र रुसबीचको द्वन्द्वले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको छ । यसको प्रत्यक्ष असर नेपालमासेमत पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्