Logo
Logo

प्रहरीका लेखापालको शक्तिः पैसा जम्मा गर्दै दरबन्दी थप्दै


161.7k
Shares


काठमाडौं । असारमा हुनुपर्ने नेपाल प्रहरीका लेखापालहरुको सरुवा केही दिन अघि बल्ल अघि बढेको छ, त्यो पनि असईको मात्र । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको कुरा नमिल्दा सइ र इन्सपेक्टर तहका लेखापालको सरुवा अझै हुन सकेको छैन । लेखापालको सरुवामा आर्थिक चलखेल हुने भएकाले सहमति हुन नसकेको हो ।

स्रोतका अनुसार गृह मन्त्री निकट समूहले सरुवाका लागि पैसा उठाएर नीति नै संशोधन समेत गर्ने प्रयास गरेका थिए । यसले प्रहरीका लेखापालहरू कति शक्तिशाली छन् भन्ने देखाउँछ । सशस्त्र प्रहरीका लेखापालहरु अझै बलिया हुन् । उनीहरूले आफ्नो लागी छुट्टै दरबन्दी नै थप्ने प्रयास गरेका छन् ।


सशस्त्रमा लेखाको छुट्टै समूह छ । हाल लेखातर्फ एसपीतर्फ ३ तथा डिएसपीको १० दरबन्दी थप्ने चलखेल चलिरहेको छ । आठ वटा बाहिनी र मुख्यालयमा २ वटा गरेर १० वटा दरबन्दी थप्न लागिएको हो । संगठनको आवश्यकता भन्दा पनि लेखाका इन्सपेक्टरको लागि यो दरबन्दी थप्न लागिएको हो । लेखामा बसेर अकुत कमाएका इन्सपेक्टरहरूले यसमा आर्थिक लगानी गरेको चर्चा सशस्त्र प्रहरी मुख्यालयमा छ । यसरी दरबन्दी थप्न दौडधुप गर्ने इन्सपेक्टरहरूमा राजुकमार ढकाल, गणेश मल्ल, शोभाकान्त ढकाल, करबहादुर घर्ती, महेन्द्र हमाल, रमेश थापा, खुसबहादुर श्रेष्ठ, उर्मिला थापा, सुदन गिरी, तारा केसी, उमाकान्त जोशीलगायत छन् । उनीहरुले वर्षाेदेखि लेखामा बसेर अकुत कमाएका छन् । त्यसबारे हालै अख्तियारमा समेत उजुरी परेको छ ।


त्यस्तै, कानूनतर्फ पनि एसपी युवराज अर्यालकै लागि एसएसपीको एक दरबन्दी थप गरिएको छ । सशस्त्र प्रहरीमा अस्पतालमा अकुत कमाएका डा. रुपक महर्जन पनि लामो प्रयासपछि आफ्नो लागि डिआइजीको दरबन्दी थप्न सफल भएका छन् । महर्जनले कारोनोको अवधिमा मात्र अस्पतालबाट दुई करोड कमाएको अस्पताल स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्