काठमाडौं । नेपालमा दक्षिण भारतीय फिल्मप्रति दर्शकको क्रेज बढेको छ । शुक्रबारबाट रिलिज भएको ‘भलिमाई’ हेर्न यसअघि पुष्पामा जस्तै दर्शकको भिड लागेको छ ।
तामिल सुपरस्टार अजित कुमार अभिनित तामिल भाषाको फिल्म ‘भलिमाई’ ले रिलिज भएकै भारतमा एक अर्बको व्यापार गरेको छ भने नेपालमा पनि राम्रो व्यापार गरेको हो ।
भलिमाईले भारतमा ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको हो । भलिमाई तामिलनाडुको ६५० थिएटरमा लागेको छ।
पछिल्लो समय भारत तथा नेपालमा दक्षिण एसियाली फिल्मको व्यापार बढ्दो छ । यस अगाडि रिलिज भएको फिल्म पुष्पाले ३ अर्बमाथिको व्यापार गरेको थियो । जून फिल्म नेपालमा निकै हिट भएको थियो । पुष्पामा जस्तै नेपालमा भलिमाईमा पनि त्यस्तै क्रेज देखिएको छ।
भारतमा पहिलो दिन नै हलका सबै सिट बुक भएको छ। दर्शकहरू अजितको अभिनय हेर्न हलमा पुगेका छन्। क्राइम सस्पेन्स कथामा बनेको फिल्ममा हुमा कुरैसीको समेत अभिनय छ।