Logo
Logo

नेतृत्व स्वार्थले कमजोर बन्यो नेकपा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला युरोप भ्रमणमा छन् । मित्र राष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिँदै हिँडेका उनी आज मंगलबार जेनेभाबाट ब्रिटेन पुग्दैछन् । देश–देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन विदेश सयर गरिरहँदा उनी स्वयम्ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने जटिल भूमरीमा फस्दैछ ।

पार्टीका कतिपय नेता विदेश भ्रमणमै जाँदा पनि पार्टीका काममा बाधा नपर्ने गरी जानुपर्ने बताउँछन् । हुन पनि घटनाक्रमहरू हेर्दा नेकपाका दुईमध्ये अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिम्मेवारी र कामविहीन जस्तै देखिन्छन् । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका सचिवालय सदस्यहरू माधवकुमार नेपाल र झलनाथ खनालसमेत निकै फुर्सदमा छन् । विधि र पद्धतिअनुसार निर्णय नहुँदा र स्वस्थ वैचारिक बहस नहुँदा जानिँदो–नजानिँदो किसिमले पार्टीभित्र असन्तुष्टिहरू बढिरहेका छन् । यस्तोमा नेतृत्वको ध्यान नपुगेको स्पष्टै देखिन्छ ।

शीर्ष नेताहरूबीच मनमुटाव र दरार बढ्दो छ । पार्टीका प्रभावशाली नेताहरू सार्वजनिक रूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । यस्तो बेला उनमा देखिएको विदेश भ्रमणको मोहले पार्टी र स्वयम् उनलाई अहित गरेको छ । लामो समयदेखि निष्कर्षमा पुग्न नसकेको सांगठनिक एकतालाई पूर्णता दिन तथा अलपत्र रहेको राजनीतिक प्रतिवेदन टुंग्याउन छाडेर ओली विदेश हानिँदा उनको पार्टीभित्र आलोचना गर्नेहरू बढेका छन् । उनीपक्षकै कतिपय नेतासमेत पार्टी जिम्मेवारी लथालिंग छाडेर विदेश जानु गलत भएको बताउन थालेका छन् ।

‘हुनतः ओलीजी पार्टी अध्यक्ष मात्र होइन, मुलुकको प्रधानमन्त्री पनि हुनुहुन्छ । यसअर्थमा यतिबेला उहाँको प्रमुख जिम्मेवारी सरकार सञ्चालन नै हो,’ नेकपाका एक स्थायी समिति सदस्यले दृष्टिसँग भने, ‘तर, पार्टीमा आफूजस्तै अर्का अध्यक्षसमेत रहेको यथार्थलाई नजरअन्दाज गर्दै उहाँले जसरी एकलौटी अध्यक्षको रूपमा आफूलाई स्थापित गर्न खोजिरहनुभएको छ, त्यो नाजायज छ ।’

पार्टीका कतिपय नेता विदेश भ्रमणमै जाँदा पनि पार्टीका काममा बाधा नपर्ने गरी जानुपर्ने बताउँछन् । हुन पनि घटनाक्रमहरू हेर्दा नेकपाका दुईमध्ये अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिम्मेवारी र कामविहीन जस्तै देखिन्छन् । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका सचिवालय सदस्यहरू माधवकुमार नेपाल र झलनाथ खनालसमेत निकै फुर्सदमा छन् । विधि र पद्धतिअनुसार निर्णय नहुँदा र स्वस्थ वैचारिक बहस नहुँदा जानिँदो–नजानिँदो किसिमले पार्टीभित्र असन्तुष्टिहरू बढिरहेका छन् । यस्तोमा नेतृत्वको ध्यान नपुगेको स्पष्टै देखिन्छ ।

त्यसोतः युरोप भ्रमणमा निस्कनुअघि लगातार तीन दिन बैठक बसेर सहमतिको प्रयास भएको थियो । बिहीबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालयको बैठक बसेको थियो । तर, बैठक सामान्य औपचारिकतामा मात्र सीमित भयो । प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि थप छलफल गर्ने गरी नेताहरू उठे । त्यसअघि बुधबार पनि सचिवालयको बैठक बसेको थियो । पोलिट्ब्युरो गठन तथा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्न भनेर बोलाइएको सो बैठकले कुनै निर्णय लिन सकेन । दोहोरो जिम्मेवारी दिने÷नदिने विषयमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सहमति जुट्न सकेन । केन्द्रीय समितिमा रहेका नेताहरूलाई कुन–कुन जिल्लाको इन्चार्ज र सहइन्चार्ज बनाउने भन्नेबारे त्यसअघि मंगलबारसमेत बैठकमा प्रस्ताव पेश भएको थियो । त्यसमा केही व्यक्तिलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेता नेपालले सच्याउन माग गरेका थिए । बुधबारसमेत त्यही कुरा दोहोरिएपछि बैठक निष्कर्षहीन हुन पुग्यो । ‘ओली र नेपालको अडानले गत बुधबार बसेको सचिवालय बैठक निष्कर्षमा पुग्न सकेन । यहि अलपत्र अवस्थामै पार्टी छाडेर प्रधानमन्त्री ओली विदेश भ्रमणमा निस्कनुभयो,’ सचिवालयका एक सदस्यले भने ।

मन्त्री र सांसद भएका व्यक्तिहरूलाई दोहोरो जिम्मेवारी दिन नहुने भन्ने नेपाल र दिनुपर्छ भन्ने ओलीको अडानका कारण विवादको गाँठो फुक्न सकेको छैन । दुवै नेताको यो अडानका पछाडि कसको निकटका व्यक्तिले जिम्मेवारी पाउने भन्ने स्वार्थ जोडिएको देखिन्छ । दुई नेताहरू आफू पक्षधरलाई इन्चार्ज र सहइन्चार्ज बनाउन यस्तो अडान लिइरहेका छन् । एकथरिले विधि, प्रक्रिया र पद्धतिको मापदण्डको विषय पनि उठाइरहेका छन् । तर, त्यस्तो मापदण्ड विगतमा पनि कार्यान्वयन नभएको अवस्था हेर्दा स्वार्थ नमिलेकै कारण विवाद लम्बिरहेको स्पष्ट बुझिन्छ । मंगलबार, बुधबार र बिहीबार बैठक बस्नुअघि ओलीले प्रचण्ड र नेपाल, रामबहादुर थापा बादल र विष्णु पौडेलसँग एक्लाएक्लै छलफल पनि गरेका थिए । तर, ती एकान्त छलफलले पनि प्रगति दिन सकेन ।

प्रचण्डको सरोकार आलोपालोमा

ओली र नेपाल इञ्चार्ज र सहइञ्चार्जको भागवण्डामा जुधिरहेका वेला अर्का अध्यक्ष प्रचण्ड भने अर्कै तनावमा छन् । पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन नहुने आशंकाले उनलाई सताएको छ । त्यसमाथि पछिल्लो समय उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद नै हुनुपर्ने भन्दै बहस सुरु गरेपछि प्रचण्ड थप तनावमा परेका छन् । आलोपालोको विषयले पार्टीभित्र तरंग बढिरहेका वेला गत आइतबार दुवै अध्यक्षले एकान्त वार्ता गरेका थिए । तर, त्यसपछि पनि प्रचण्डको संशय दूर भएको देखिँदैन । पोखरेलले त सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यमहरूमा अन्तर्वार्तामार्फत् जबज र ओलीको पक्षमा जबरजस्त आफूलाई उभ्याएका छन् ।

पार्टी एकताका दौरान दुवै पार्टीका वैचारिक लाइन स्थगित गरिएको थियो । जुन अहिले पनि विद्यमान छ । राजनीतिक प्रतिवेदन लेखनका लागि बनाइएको माधवकुमार नेपाल नेतृत्वमा बनाएको कार्यदलले पाँच महिनाअघि बुझाएको प्रतिवेदन कता हरायो कसैलाई थाहा छैन । यस्तो अन्योलको बीचमा प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त हुन थाल्दा समस्या थप बढेको छ । ‘एउटा अध्यक्ष विदेश भ्रमणमा जाँदा अर्का अध्यक्षले स्वतः बैठक बोलाउने, कमिटीहरूमा छलफल गर्ने हो भने यो लथालिंग हुने थिएन,’ स्थायी समितिका ती नेताले प्रश्न गरे, ‘आफू काम नगर्ने, अर्कालाई जिम्मेवारी नदिने हो भने पार्टी एकताको काम कहिले टुंगिन्छ ? महाधिवेशन कहिले हुन्छ ?’

एक दैनिक पत्रिकालाई दिएको अन्तर्वातामार्फत् उनले पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने धारणा अगाडि सारेका छन् । पार्टीभित्र बहुकेन्द्र सिर्जना हुन नदिन एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुपर्ने उनको तर्क छ । तर, यसभित्र लुकेको उनको स्वार्थ भने स्पष्ट बुझिन्छ । तत्कालीन एमालेको पछिल्लो महाधिवेशनमा ओलीलाई सघाउँदा अर्कोपटक अध्यक्ष बनाउने बचन पाएका पोखरेल त्यो बचन पूरा होस् भन्ने चाहन्छन् । त्यसो हुन नसके पार्टीको अध्यक्षमा पुनः ओली नै आउन तर नेतृत्व प्रचण्डको हातमा नपुगोस् भन्ने उनको चाहना पनि स्पष्ट बुझिन्छ । तर, प्रचण्ड भने जुनसुकै अवस्थामा पार्टी एकताको बेला भएको सहमति कार्यान्वयनको पक्षमा छन् । प्रचण्डलाई नै प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउनुपर्छ भन्ने कुरामा स्पष्ट नखुले पनि तत्कालीन एमालेभित्रका केही नेता एकताको बेला भएको सहमति कार्यान्वयनको पक्षमा देखिन्छन् । स्थायी समिति सदस्य युवराज ज्ञवालीले दृष्टिसँगको कुराकानीमा सहमति भएको विषय पार्टीको आधिकारिक बैठकमा छलफल हुनुपर्ने र त्यसको कार्यान्वयन गरिनुपर्ने बताएका छन् । (हेर्नुस् अन्तर्वार्तामा) तत्कालीन एमालेका केही नेताका यस्ता भनाइले प्रचण्डलाई केही बल मिलेको हुनुपर्छ । तर, प्रचण्ड अझै आश्वस्त हुन सकेका छैनन् ।

पार्टी फोरममा होइन, सडकमा बैचारिक बहस

पार्टीभित्रको बैचारिक बहस पार्टीका आधिकारिक फोरममा हुुनपर्नेमा सार्वजनिक रूपमा भइरहेका छन् । त्यसो हुनुको कारण पार्टीका आधिकारिक फोरम गठनमै ढिलाइ पनि एउटा कारण हो । एकता घोषणाकै दिन सार्वजनिक गरिएको केन्द्रीय समितिको बैठक दोहो¥याएर अहिलेसम्म भएको छैन । १३ महिनाको अवधिमा स्थायी समितिको बैठक ३ पटक बसेको छ । पोलिट्ब्युरो गठन हुन सकेको छैन । नेताहरूबीच भागवण्डा नमिल्दा विभागहरूले पूर्णता पाउन सकेको छैन । तल्ला तहका कमिटीलेसमेत पूर्णता पाएको छैन । यस्तोमा वैचारिक बहस कहाँ गर्ने भन्ने प्रश्न स्वभाविक रूपमा उठेको छ ।

पार्टी एकताका दौरान दुवै पार्टीका वैचारिक लाइन स्थगित गरिएको थियो । जुन अहिले पनि विद्यमान छ । राजनीतिक प्रतिवेदन लेखनका लागि बनाइएको माधवकुमार नेपाल नेतृत्वमा बनाएको कार्यदलले पाँच महिनाअघि बुझाएको प्रतिवेदन कता हरायो कसैलाई थाहा छैन । यस्तो अन्योलको बीचमा प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त हुन थाल्दा समस्या थप बढेको छ । ‘एउटा अध्यक्ष विदेश भ्रमणमा जाँदा अर्का अध्यक्षले स्वतः बैठक बोलाउने, कमिटीहरूमा छलफल गर्ने हो भने यो लथालिंग हुने थिएन,’ स्थायी समितिका ती नेताले प्रश्न गरे, ‘आफू काम नगर्ने, अर्कालाई जिम्मेवारी नदिने हो भने पार्टी एकताको काम कहिले टुंगिन्छ ? महाधिवेशन कहिले हुन्छ ?’

लाखौँ कार्यकर्ता चिन्तित

यसरी पार्टी अलपत्र अवस्थामा पुग्दा नेता–कार्यकर्ता गहिरो चिन्तामा छन् । लाखौँ सक्रिय कार्यकर्ता भएको पार्टी भए पनि अहिले नेकपा डिफेन्सिभ जस्तो देखिन्छ । त्यसो हुनुको कारण शीर्ष नेताको अक्षमता नै छ । एक नेताका अनुसार अहिलेसम्म सचिवालयभन्दा तल्लो तहमा कुन–कुन विषयमा कसरी जाने भन्ने छलफल हुने गरेकै छैन । सचिवालय पनि दैनिक काम गर्ने थलोजस्तो छ । अधिकांश काम अध्यक्षद्वयले आफ्नो तरिकाले गरिरहेका छन् । ‘आन्तरिक लोकतन्त्र कमजोर बनाइएको छ, के भन्न खोजेको, के गर्न खोजेको हो, उहाँहरूबाहेक अरूले थाहै नपाउने अवस्था छ, यस्तो स्थितिमा पार्टीका नेता–कार्यकर्ता एकढिक्का भएर कसरी उभिन सक्छन्,’ अधिकांश नेतामा यस्तै आक्रोश सुनिन्छ ।

पार्टीको यो अवस्था शीर्ष तहमा बसेका नेताहरूकै कारण आएको स्थायी समिति सदस्य घनश्याम भुसालको भनाइ छ । माओवादी पृष्ठभूमिबाट आएका नेता मणि थापासमेत नेताहरूको कार्यशैलीबाट असन्तुष्ट छन् । ‘राजनीतिक रूपमा हामी कहाँ जान खोजेका छौं, के गर्दैछौं भन्ने नै स्पष्ट छैन,’ थापाले भने, ‘केन्द्रमा एकता गरियो तर भावनात्मक एकता हुन सकेको छैन । यस्तो बेला हरेक विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने थियो, त्यो पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्