काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुका साथै ल्याएको खल्तीले १० प्रतिशत क्यासब्याकको अफरसमेत ल्याएको छ ।
समयसीमाका कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्नुपर्ने स्थितिलाई मध्यनजर गर्दै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास्ब्याक (रु१०० सम्म) पाउनका लागि प्रोमोकोड ‘नेशनल १००’ प्रयोग गरी प्राप्त गर्न सक्ने छन् ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ– ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकन मा ट्याप गर्ने, ‘नेशनल लाइफ इन्स्योरेन्स’ सेलेक्ट गरी डिओबी र पोलिसी नम्बर भरी विवरण प्राप्त गर्न ट्याप गर्न सकिन्छ । त्यसपछि सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’ मा क्लिक गर्न सक्नेछन् । रु. ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा भने ग्राहकले आफ्नो ‘खल्ती’ केवाइसी भने अनिवार्यरुपमा भेरीफाई गराएको हुनुपर्ने छ ।
‘खल्ती’ लेसेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि योगदान दिँदै आएको छ ।